अर्थ

मुक्तिनाथ बैंकको सहयोग

काठमाडौं – मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका वडा नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीलाई सुरक्षा सम्बन्धी आकस्मिक सम्पर्क नम्बरहरु भएको स्टिकर सहयोग गरेको छ।

उक्त स्टिकर महानगरीय प्रहरी वृत्त, कमलपोखरी अन्तर्गत रहेका करिब १० हजार घर तथा कार्यालयमा टाँसिनेछ। स्टिकर मुक्तिनाथका मार्केटिङ तथा कर्पोरेट मामिला विभागका प्रमुख बसन्त बक्सीले कमलपोखरीका प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेललाई हस्तान्तरण गरेको जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: ४ वैशाख २०७६ ०२:५३ बुधबार

मुक्तिनाथ_विकास_बैंक प्रहरी_वृत्त कमलपोखरी