अर्थ

कुमारी बैंक पुरस्कृत

काठमाडौं – हालै भारतको मैसुरमा सम्पन्न इन्फोसिस फिनाकल क्लाइन्ट इनोभेसन अवार्ड २०१९ मा कुमारी बैंक लिमिटेड पुरस्कृत भएको छ। इन्फोसिस फिनाकलबाट सम्मानित हुने पहिलो नेपाली बैंक कुमारी बनेकोे छ। 

आफ्नो कोर बैंकिङ सफ्टवेयर साढे चार महिनाकै अवधिमा फिनाकल भर्सन १० मा माइग्रेसन प्रक्रिया सम्पन्न गरेकोमा बैंक उक्त अवार्ड पाएको हो। प्राविधिक रुपान्तरण, सही प्रयोग तथा सिर्जनशीलता जस्ता बुँदाहरुलाई आधार मानेर उक्त अवार्ड दिने गरिन्छ। 

कुमारीले एक्सेलेरेटेड ट्रान्सफर्मेसन विधामा अवार्ड पाएको जारी विज्ञप्तिमा उल्लेख छ। सो विधामा भारतको पञ्जाब नेसनल बैंक, आइसिआइसिआई बैंक र आन्ध्र बैंक विजेता तथा युएईको इमिरेटस एनडिबी उपविजेता भएको कुमारीको विज्ञप्तिमा उल्लेख छ।

अन्तर्राष्ट्रिय मञ्चमा नविन बैंकिङ प्रविधिमा प्रतिष्ठित मानिने उक्त अवार्डले सम्मानित भएपछि अझ आधुनिक एवं प्रभावकारी बैंकिङ सेवा प्रदान गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ। 

प्रकाशित: ४ वैशाख २०७६ ०२:४९ बुधबार

अवार्ड कुमारी_बैंक सम्मानित बैंक