अर्थ

मुक्तिनाथ विकास बैंकको तीन योजना

काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेडले तीन नयाँ योजना ल्याएको छ। २०७६ वैशाख १ गतेदेखि लागू गरिएको उक्त योजनामा बैंकले भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा सुविधा थप गरेको जनाएको छ।

भिसा डेबिट कार्डअन्तर्गत बैंकले आफ्नो शाखाबाट इन्स्ट्यान्ट भिसा डेबिट कार्ड सेवा सुविधा सुरु गरेको जनाएको छ। यस सुविधा अन्तर्गत ग्राहकले भिसा डेबिट कार्डको निवेदन फाराम बुझाएको दिनमै ग्राहकले कार्ड लिन पाउने छन्। त्यसैगरी, मुक्तिनाथ भिसा डेबिट कार्ड बाहक ग्राहकले नेपालको जुनसुकै बैंकका एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने बताइएको छ। मुक्तिनाथ स्मार्ट बैंकिङ एपबाट नेपाल टेलिकमको नम्बरमा रिचार्ज गर्दा १० प्रतिशत तथा एनसेलमा रिचार्ज गर्दा पाँच प्रतिशतसम्मको टपअप बोनस सुविधा दिएको बैंकले जनाएको छ।

प्रकाशित: ३ वैशाख २०७६ ०२:१८ मंगलबार

मुक्तिनाथ_विकास_बैंक डेबिट_कार्ड मोबाइल_बैंकिङ