अर्थ

५ लाख रुपैयाँको सेयर कारोबार अब अनिवार्य प्यानमा

काठमाडौं– आजदेखि एकैपटकमा पाँच लाख रुपैयाँभन्दा बढी सेयर कारोबार गर्नेले अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने छ।  

धितोपत्र बोर्डले ‘दोस्रो बजार’मा सेयर कारोबार गर्ने सबैलाई प्यानको दायरामा ल्याउन खोजेको थियो। लगानीकर्ताको व्यापक दबाबपछि अहिले पाँच लाखभन्दा बढीको कारोबारीले मात्र प्यान लिनुपर्ने व्यवस्था गरिएको नेपाल स्टक एक्सचेन्जका कायममुकाय सहायक प्रबन्धक सुरेन्द्र जोशीले बताए।

यस विषयमा लगानीकर्ताहरूले आन्दोलन नै गरेका थिए। १८८१ अंकमा पुगेको सेयर बजार निरन्तर घटेर नेप्से ११÷१२ सय अंक नजिक आएपछि सरकारले ल्याएका नयाँ नीतिको विरोध गर्दै लगानीकर्ता आन्दोलित भएका हुन्।

साढे दुई वर्षदेखि निरन्तर ओरालो लागेको सेयर बजारमा नियमनकारी निकायले  गरेको यो व्यवस्थालाई लगानीकर्ताले भने सहज रुपमा लिएका छैनन्। 

 

प्रकाशित: २ वैशाख २०७६ ०९:३८ सोमबार

प्यान सेयर_कारोबार स्थायी_लेखा_नम्बर सेयर_बजार