अर्थ

'सबै नेपालीको बैंक खाता' अभियान आजबाट सुरु

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले 'सबै नेपालीको बैंक खाता' खोल्ने अभियानको सुरुवात आफ्नै बुबाको खाता खोलेर गरेका छन्।  बजेटमा उल्लेख गरिएकाे कार्यक्रमलाई कार्यान्वयन गर्न प्रधानमन्त्रीले ओलीले 'सबै नेपालीको बैंक खाता अभियान' आइतबार नयाँ वर्षबाट सुरु गरेका हुन्।

बैंक खाता नहुनेलाई खाता खोल्नका लागि राष्ट्र बैंकले सहुलियत स्वरुप प्रोत्साहन  दिएको छ। खाता नहुने यो खाता खोलेमा राष्ट्र बैंकले उक्त ग्राहकको नाममा सहुलियत स्वरुप एक सय रुपैयाँ खातामा उपलब्ध गराउने छ। राष्ट्र बैंकले संस्थागत सामाजिक सुरक्षामा छुट्याइएको बजेटबाट उक्त रकम उपलब्ध गराउने योजना बनाएको हो।

हाल बैंक तथा वित्तीय संस्थामा २ करोड ५६ लाख ५८ हजार ३८७ वटा निक्षेप खाता खुलेको छ। 
 
चालु बर्षको बजेटमा उल्लेख भएको कार्यक्रमलाई कार्यन्वयन गर्ने अभियान सञ्चालनका लागि अर्थमन्त्रालय, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूले सहकार्य गरेका छन्।
 

प्रकाशित: १ वैशाख २०७६ ०७:४० आइतबार

केपी_ओली सबै_नेपालीको_बैंक_खाता