अर्थ

राराका करदाताको हेटौंडाको पेट्रोल पम्पको बिल

काठमाडौं– रारामा काम गर्ने करदाताले हेटौडाको एक पेट्रोल पम्पबाट पेट्रोल खरिद गरेको बिल भुक्तानीको लागि दावी गरेका छन्। उनले एक करोड एक लाख ५९ हजारको इन्धन खरिद गरी खर्च देखाएर ढुवानी खर्च दावी गरेका छन्।

आन्तरिक राजस्व कार्यालय लाहनका इन्धन कारोबार गरी नौ करोड ४० लाख ९० हजार इन्धन खरिद गरी नौ करोड २९ लाख सात हजार रुपैयाँको इन्धन ३५ वटा निर्माण व्यवसायीलाई बिक्री गरेको देखाएका छन् । जुन कारोबार अस्वाभिक हो, महालेखा परीक्षक टंकमणि शर्माले भने। 

सार्वजनिक, निजी तथा भाडाका सवारी साधनलाई इन्धन बिक्री गर्ने प्रयोजनले स्थापना भएका यस्ता कारोबारीले इन्धनको मूल्य अभिवृद्धि कर क्रेडिट लिने व्यवसायीलाई मात्र बिक्री गरिएको देखिएको छ। उक्त कारोबार यथार्थपरक नभएको महालेखाको ५६ औं प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रकाशित: २९ चैत्र २०७५ १४:४२ शुक्रबार

रारा करदाता पेट्रोल_पम्पको_बिल