अर्थ

प्रत्येक नेपालीको थाप्लोमा करिब ३२ हजार ऋण

काठमाडौं–प्रत्येक नेपालीको थाप्लोमा प्रतिव्यक्ति ३१ हजार सात सय ५० रुपैयाँ ऋण पुगेको छ। दुई करोड ८८ हजार २९ हजार नेपालीको टाउकोमा सो ऋणभार परेको हो। सरकारले आन्तरिक र वाह्य गरी कुल ९ खर्ब १५ अर्ब ३१ करोड ऋण भार परेको छ। सो ऋणमध्ये५ खर्ब २४ अर्ब १५ करोड वैदेशिक ऋण हो भने तीन खर्ब ९१ अर्ब १६ करोड आन्तरिक ऋण भएको महालेखा परीक्षक टंकमणि शर्माले जानकारी दिए।

गत वर्षकोभन्दा प्रतिव्यक्ति ऋण दायित्व सात हजार ४३ रुपैयाँले बढ्न गएको हो। गएको आवमा आठ खर्ब ३० अर्ब ९८ करोड रहेको थियो।  गएको आवको समीक्षा अवधिमा सरकारले चार खर्ब ३६ अर्ब ४८ करोड वैदेशिक ऋण लिएको थियो भने आन्तरिक ऋणबाट तीन खर्ब ९४ अर्ब ४९ करोड आन्तरिक ऋण उठाएको छ।

सरकारले गएको आर्थिक वर्षमै प्रतिव्यक्ति कुल तिर्न बाँकी ऋणको भार घट्ने अनुमान गरे पनि साँवा–ब्याज भुक्तानीको तुलनामा बढी ऋण लिएपछि नेपालीको टाउकोमा ऋण भार थप भएको हो। अझ आगामी वर्ष खर्चका स्रोतहरू बढेकाले यो ऋण अझै बढ्ने अनुमान अर्थ मन्त्रालयले गरेको छ।

सरकारले चालू आवको लागि तीन खर्ब ११ अर्ब ८४ करोड वैदेशिक ऋण लिने योजना बनाएको छ। सो ऋणमध्ये दुई खर्ब ५३ अर्ब दुई करोड ऋणभार हो भने ५८ अर्ब ८१ करोड अनुदान सहयोग हो। कुल बजेट १३ खर्ब १५ अर्बमा अंश २४ प्रतिशत रहेको छ।

प्रकाशित: २९ चैत्र २०७५ १२:१४ शुक्रबार

ऋण वैदेशिक_ऋण प्रतिव्यक्ति_ऋण अर्थ_मन्त्रालय