अर्थ

सिटिजन्स बैंक र महालक्ष्मी लाइफबीच सम्झौता

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बिमा सेवासम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा सिटिजन्सका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र महालक्ष्मीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन्। सम्झौतापछि सिटिजन्स बैंकका ग्रञाहकले यसका जुनसुकै शाखाबाट महालक्ष्मीमा जीवन बिमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बिमालेख लिन, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमासम्बन्धी सेवा लिन सक्नेछन्। सिटिजन्सले ८१ शाखा, ७५ एटिएम र ९९ शाखारहित एकाइबाट दिइरहेको जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: २९ चैत्र २०७५ ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App