अर्थ

महासंघको ११ लाख सहयोग

काठमाडौं– राष्ट्रिय सहकारी महासंघले बारा र पर्साको हावाहुरी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ११ लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेको छ । महासंघ अध्यक्ष केशव बडालको नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकम बराबरको चेक बिहिबार हस्तान्तरण गरेको हो । यो रकम महासंघको प्राकृतिक विपत्ति उद्दार कोषबाट दिइएको हो ।

कोषमा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले एक लाख १० हजार एक सय ११, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले ५५ हजार पाँच सय ५५, लालिगुरास बहुउद्देश्यीय सहकारीले ५० हजार एक सय ११ र रिलायबल बचतले १० हजार एक सय ११ रुपैयाँ जम्मा गरेको महासंघले जनाएको छ । प्रधानमन्त्री ओलीले सहकारीले प्राकृतिक विपत्ति परेको समयमा सक्दो सहयोग गर्दै आएको भन्दै प्रशंसा गरेको विज्ञप्तिमा छ ।
 

प्रकाशित: २९ चैत्र २०७५ ०२:१३ शुक्रबार

राष्ट्रिय_सहकारी_महासंघ हावाहुरी_पीडित प्रधानमन्त्री_दैवीप्रकोप_उद्धार_कोष केपी_शर्मा_ओली