अर्थ

नेपाल आँखा अस्पताललाई सिद्धार्थको सहयोग

काठमाडौं– नेपाल आँखा अस्पतालको ४५ औं वार्षिकोत्सवको उपलक्ष्यमा सिद्धार्थ बैंक लिमिटडले नेपाल आँखा अस्पताल त्रिपुरेश्वरलाई तीन लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। एक सय ५० मोतियाबिन्दु रोगीको उपचारका लागि सो आर्थिक सहयोग गरेको बैंकले जनाएको छ। सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर एक सय ४९ शाखा, एक सय शाखारहित बैंकिङ सेवा, एक सय ६० एटिम सञ्चालनमा छन्। 

 

प्रकाशित: २७ चैत्र २०७५ ०२:४४ बुधबार

नेपाल_आँखा_अस्पताल सिद्धार्थ_बैंक_लिमिटड