अर्थ

लगानी डुब्ने चिन्तामा उखु किसान

चिनीमिलमाउखु बिक्रीकालागिटेलरमालोड गर्दै मजदुर।तस्बिर : नागरिक

बारा - गर्मीयामसँगै उखु सुक्न र खर्च बढ्दै जाँदा किसान लगानी डुब्ने चिन्तामा परेका छन्। चिसोमाभन्दाअहिले उखु तयार गर्न ४० प्रतिशतभन्दा बढी लाग्ने किसानको भनाइ छ। खेतमाउखु सुक्दै गएपछि लगानीपनि उठ्दैन किभन्ने त्रास किसानमा छ। ‘चिसोमासय क्विन्टल बिक्रीगर्न आठ हजार रुपैयाँखर्च हुन्थ्यो,’ मेथुरापुरकाकिसान महेन्द्र यादवले भने, ‘गर्मी सुरु भएपछि खर्च बढेर १२ हजार जतिपुगेको छ।’

चिसोमा खेतबाट उखु काटेर टेलरमालोड गर्दासम्ममजदुरलाई प्रतिक्विन्टल ७० देखि ८० रुपैयाँलिने गरेकामाअहिले एक सय २० देखि एक सय ४० रुपैयाँसम्मतिर्नुपर्ने बाध्यता रहेको उनले बताए। ‘पुस र माघमा चार कट्ठा क्षेत्रफलको उखु कटान गर्दा सय क्विन्टलभन्दा बढीउत्पादनहुन्थ्यो,’ यादवले भने, ‘तर, अहिले बढीमा ७५ क्विन्टल मात्रै उखु उत्पादनभइरहेको छ।’

सिजनमा ढिलो गरी चिनीमिल सञ्चालनगर्नेर जेठ महिनासम्मउखु खेतमै राख्नबाध्यपारिएको गुनासो यादवको छ। मंसिर पहिलो सातासञ्चालनहुनुपर्ने चिनीमिल पुस अन्तिमसातादेखि सञ्चालनगरिँदागर्मीले खेतको उखु सुक्दै गएको र तयारी खर्च बढ्दै गएको किसानयादवले बताए। ‘एकातिर खेतमै उखु सुक्योभने अर्कोतिर मजदुर खर्च पनि बढ्यो,’ उनले भने। चिसोभन्दागर्मीमाखरिद गरिएको उखुबाट बढी चिनीउत्पादनहुने भएकाले मिल सञ्चालकले ढिलो गरेको किसानको भनाइ छ।कलैया उपमहानगरपालिका–२४ श्रीपुरस्थितरिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिजले खरिद गर्नकालागिरोप्नलगाएको करिब १२ लाखक्विन्टल उखु खेतमै रहेको मिलले जनाएको।

रिलायन्सकाउखु प्रबन्धकओमप्रकाशशुक्लालेगार्मीमा किसानबाट उखु खरिद गरेर क्रसिङगर्दा चिनीमिललाई कुनै नाफानहुने बताए। ‘गर्मीमाखरिद गरेरक्रसिङ गर्दा चिनीभन्दाबढीअन्य बस्तु निस्कन्छ,’ उनले भने। चालु सिजनमाचिनीमिलको कारणले नभई उखुको मूल्यविवादले मिलसञ्चालनमा ढिलाइ भएको शुक्लाले बताए। ‘यसले उखु किसान र उद्योगीदुवैलाई घाटा भएको छ,’ शुक्लाले भने। अहिले चिनीमिललेबारा, पर्साकाकिसानको १९ लाख क्विन्टल जतिउखु खरिद गरीक्रसिङगर्न बाँकी रहेको उनले बताए।‘बाँकीउखु जेठ पहिलो सातासम्मखरिद गरी क्रसिङ गर्ने तयारीमा छौं,’उनले भने। चालु सिजनमाबारा,पर्साका ११ हजार किसानले १४ हजार बिघा क्षेत्रफलमालगाएको उखुको उत्पादन ३२लाख क्विन्टल पुग्ने चिनीमिल सञ्चालकको अनुमान छ।

प्रकाशित: २५ चैत्र २०७५ ०६:३८ सोमबार

लगानी उखु किसान