अर्थ

आँधीपीडितलाई सहयोगीको सहयोग

काठमाडौं – गत आइतबार साँझको विनाशकारी आँधीहुरीबाट प्रभावितका लागि सहयोगी विकास बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ।

बैंकले प्रदेश नम्बर २, मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरी एक लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग गरेको हो। उक्त रकमको चेक प्रदेश २ का अर्थमन्त्री विजयकुमार यादवलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

प्रकाशित: २४ चैत्र २०७५ ०७:४३ आइतबार

विनाशकारी आँधीहुरी सहयोगी_विकास_बैंक_लिमिटेड