अर्थ

एम्पेरर २४ क्यारेट स्कच बिक्री

काठमाडौं – अभनिश डिस्टिलरीले बहुप्रतीक्षित एम्पेरर २४ क्यारेट स्कच माल्टसको बिक्री वितरण काठमाडौंमा सुरु गरेको छ। व्यापार बजार तथा उपभोक्तामाझ निकै चर्चा बटुल्न सफल रहेको यस उत्पादनमा रहेका गुण र विशेषता बजारमा पाइने अन्य उत्पादनमा नपाइने बताइएको छ।

यस कम्पनीका प्रवक्ताका अनुसार २०७४ साल असोजमा यसै कम्पनीले बजारमा ल्याएको एम्पेरर स्कच माल्टसको अपार सफलता र सकारात्मक प्रतिक्रियालाई मध्यनजर गर्दै यस वर्ष एम्पेरर स्कच माल्टस बजारमा ल्याएको कम्पनीको भनाइ छ।
उनका अनुसार एम्पेरर २४ क्यारेट एक विशेष उत्पादन हो, जसमा नेपाली बजारमा पाइने अन्य कुनै पनि उत्पादनको तुलनामा धेरै स्कच माल्टसको मात्रा रहेको छ।

एम्पेरर २४ क्यारेटको भरपुर आनन्द लिन निट अथवा केबल दुईवटा बरफको टुक्रा राखेर पिउनुपर्ने कम्पनीले जनाएको छ। ७५० मिलिलिटर एम्पेरर २४ क्यारेटको बजार मूल्य १२ सय रुपैयाँ तोकिएको छ।  

प्रकाशित: २२ चैत्र २०७५ ०८:१२ शुक्रबार

भनिश_डिस्टिलरी स्कच_माल्टस