अर्थ

ओप्पोको ब्रिलियन्ट पोट्रेट आउने

काठमाडौं । ओप्पोले लोकप्रिय एफ ११ र एफ ११ प्रो नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ।

उपभोक्तालाई उत्कृष्ट क्षमता सहितको रियर क्यामेरामार्फत ब्रिलियण्ट पोट्रेट लिन सघाउने सोचका साथयसमा ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली उपलब्ध गराउन लागिएको उसले बताएको छ। 

उपभोक्तालाई थप आरामदायी र त्रुटिरहित प्रयोग अनुभव उपलब्ध गराउने उद्देश्यले नयाँ फोन एफ सिरिजमातहत उत्कृष्ट सेल्फी फंसनका साथै नयाँ राइजिङ क्यामेरा, पानारोमिक स्क्रिन र स्लिक ग्राडियन्ट डिजाइन सुविधा उपलब्ध गराउने कम्पनीको दाबी छ। 

प्रकाशित: २० चैत्र २०७५ १२:३४ बुधबार

ओप्पो उपभोक्ता ब्रिलियण्ट_पोट्रेट