अर्थ

सन्राइज–लाइफ इन्स्योरेन्स कर्पोरेसन बैंकास्योरेन्स

काठमाडौं– सनराइज बैंक लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुसार सनराइज बैंकले देशभर रहेका आफ्ना शाखाबाट एलआइसी नेपालको जीवन बिमा योजना बिक्री गर्न सक्नेछ। 
बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले सम्झौतापत्रमा हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: १७ चैत्र २०७५ ०६:५० आइतबार

सनराइज_बैंक लाइफ_इन्स्योरेन्स बैंकास्योरेन्स