अर्थ

लगानी सम्मेलनमा प्रधानमन्त्री ओलीको भाषण [LIVE]

काठमाडाैँ - सरकारले विदेशी लगानी भित्र्याउन आयोजना गरेको लगानी सम्मेलनको पहिलो सत्र सुरु भएको छ।

काठमाडौंको होटल सोल्टीमा आयोजित विशेष समारोहबीच लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले उदघाटन गरेपछि अर्थमन्त्री युवराज खतिवडाले सम्मेलनको विषय बस्तुबारे जानकारी गराएका थिए। त्यसपछि विभिन्न देशका प्रतिनिधिहरूले उद्घाटन सत्रलार्इ सम्बाेधन गर्दै आफ्ना मन्तब्य राखेपछि समापन भएकाे थियाे।

विभिन्न ४० देशहरुबाट मात्रै ६ सयभन्दा बढी लगानीकर्ताको सम्मेलनमा सहभागीता रहेको छ। सत्रका विभिन्न प्रस्तुतिहरू प्रस्तुत भइरहेका छन्।

सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरु गरी १ हजार जनाको हाराहारीमा सहभागित रहेको आयोजकले जनाएको छ। सम्मेलनमा लगानीका लागि निजी क्षेत्रको तर्फबाट २७ समेत गरी सरकारले ७७ वटा परियोजनाहरु प्रस्ताव गरेको हो।

प्रकाशित: १५ चैत्र २०७५ ०६:४३ शुक्रबार

विदेशी_लगानी लगानी_सम्मेलन