अर्थ

प्रधानमन्त्रीलाई त्रिशूली थ्री बीको २० कित्ता सेयर

काठमाडौं– त्रिशूली थ्री बीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ। नेपालको पानी जनताको लगानी नाराका साथ सुरु भएको उक्त आइपिओमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता सेयर परेको छ।

प्रधानमन्त्रीपत्नी राधिका शाक्यलाई पनि २० कित्ता सेयर परेको छ। उनीहरुले सो कम्पनीमा १०–१० हजार कित्ताका लागि आवेदन दिएका थिए। बिहीबार ऊर्जा मन्त्रालयमा सेयर बाँडफाँटका लागि आयोजित कार्यक्रममा सो जानकारी गराइएको हो। त्यस्तै, ऊर्जामन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती र मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई समेत २०–२० कित्ता सेयर परेको जनाइएको छ।

५० हजार दुई सय ६७ आवेदकले ३० कित्ताका दरले सेयर पाएका छन्। त्यसैगरी, एक लाख ४५ हजार पाँच सय ५९ जना आवेदकलाई २०–२० कित्ताका दरले सेयर बाँडफाँट भएको छ । यो कम्पनीले ३७ लाख कित्ता सेयर निष्कासन गरेको थियो।

 

प्रकाशित: १५ चैत्र २०७५ ०४:३९ शुक्रबार

प्रधानमन्त्री सेयर त्रिशूली