अर्थ

नेपाल र जापानबीच श्रम सम्झौता

नेपाल र जापानबीच श्रम सम्झौता भएको छ। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- नेपाल र जापानबीच श्रम सम्झौता भएसँगै अन्तराष्ट्रिय श्रम बजारमा नयाँ गन्तव्य खुलेको छ। सम्झौतामा सोमबार नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र जापानकातर्फबाट नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले हस्ताक्षर गरे।

अब योसँगै आगामी अप्रिल १ देखि निर्णय कार्यान्वयनमा आउने छ। भाषा परीक्षा उत्तिर्ण गरेपछि जापान रोजगारीको ढोका खुल्ने छ। जापानले कोरियन मोडलमा नै कामदार लैजाने छ। रोजगारीका लागि जापान जानेलाई एन–४ तहको भाषा आवश्यक पर्ने छ।

जापानले विदेशी कामदारले गर्नुपर्ने कामका लागि १४ क्षेत्र तोकेको छ। पहिलो पाँच वर्षमा यी मुलुकहरूबाट तीन लाख ४५ हजार एक सय ५० कामदार जापान जानेछन्।
विगतमा जापानका रोजगारदाताले फाटफुट रूपमा नेपालबाट प्रशिक्षार्थी कामदार लैजाने गर्थे भने कतिपय विद्यार्थी र पर्यटक भिसामा जापान पुगेकाहरूले उतै काम गर्थे। जापानले कामदार आपूर्तिकर्ता मुलुकको रूपमा नेपाललाई पहिलोपटक राखेको हो। 

 

प्रकाशित: ११ चैत्र २०७५ ०७:४९ सोमबार

श्रम श्रमिक रोजगार