अर्थ

धादिङमा नेपाल बैंकको शाखा

धादिङ – नेपाल बैंक लिमिटेडले धादिङ जिल्लामा शाखा विस्तार गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले उक्त शाखा उद्घाटन गरेका हुन् । मुुलुकको पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ बैंकले २५८औं शाखा खोलेको अध्यक्ष अधिकारीले बताए ।

बैंकको मुख्य कार्यक्षेत्रअन्तर्गत राष्ट्रिय, प्रादेशिक तथा स्थानीयस्तरका पूर्वाधार विकासका परियोजनामा लगानी गर्ने, पूर्वाधार विकाससम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीको धितोपत्रमा लगानी गर्ने तथा परियोजना निर्माणका लागि आन्तरिक र बाह्य स्रोत जुटाउने रहेको बैंकका सहायक प्रबन्धक हरि सुनारले बताए ।
बैंकले मुलुकको पूर्वाधार विकासमा लगानीको पहुँच सहज बनाउने उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर प्रचलित ऐन, कानुन तथा नेपाल राष्ट्र स्वदेशी वा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दीर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गरी वा डिबेन्चर जारी गरी स्रोत परिचालन गर्ने जस्ता कार्य गर्ने बताइएको छ ।    
सार्वजनिक तथा निजी साझेदारीमा स्थापना भएको बैंकले अन्तर्राष्ट्रिय, सार्वजनिक तथा निजी क्षेत्रसँग हरसम्भव सहकार्य गरी नेपालको पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिन महŒवपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । बैंकमा सरकारसहित उद्योगी तथा व्यवसायी, सरकारी उच्च प्रशासक र नेतृत्वदायी भूमिकामा पुगेका व्यक्तिको संलग्नता रहेको छ ।

प्रकाशित: १० चैत्र २०७५ ०७:३१ आइतबार

नेपाल_बैंक_लिमिटेड लगानी