अर्थ

महिला सहयात्रा फाइनान्सलाई ग्लोबल अवार्ड

काठमाडौं  – महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्थाले ‘राजकुमारी सविका बिन्त अब्राहिम अल–खालिफा ग्लोबल अवार्ड’ पाएको छ।

संस्थाले सार्वजनिक संस्था, निजी, गैरसरकारी र स्वतन्त्र गरी चार विधामा विभिन्न मुलुकका १८८७ प्रतिस्पर्धीलाई पछि पार्दै एक लाख अमेरीकी डलर धनराशीको पुरस्कार र ग्लोबल अवार्ड प्राप्त गरेको हो।

नेपालको दूर दराज र पिछडिएको क्षेत्रमा गई २८ हजारभन्दा बढी महिलाबीच लघुवित्त सेवाका साथै लघुउद्यममार्फत सामाजिक विकास कार्यमा विशेष योगदान गरेबापत संयुक्त राष्ट्रसंघको ६३औं महासभाले संस्थालाई सम्मान दिएको हो। संस्थाका प्रमुख कार्यकारी अधिकृत सुमिता मानन्धरले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो पुरस्कारको विषयमा जानकारी दिएकी हुन्।

उक्त अवार्ड ११ मार्चमा संयुक्त राष्ट्र संघको महिलाहरुको अवस्था सम्बन्धी ६३औं महासभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत मानन्धरले ग्रहण गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ८ चैत्र २०७५ ०६:३२ शुक्रबार

महिला_सहयात्रा_माइक्रो_फाइनान्स ग्लोबल_अवार्ड