काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको राष्ट्रिय हित विपरीत विदेशी लगानी नल्याउने बताएका छन्। राष्ट्रिय सभामा भएको सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन।
‘विदेशी लगानीसंगै प्रविधि र संस्कार पनि आउँछ’, अर्थमन्त्री डा. खतिवडाले भने, यसरी आएको पुँजी र प्रविधि राष्ट्रिय हितमा मात्र प्रयोग हुन्छ। राष्ट्रिय प्राथमिकताको क्षेत्रमा मात्र विदेशी पुँजी ल्याउने हो।’ मन्त्री डा. खतिवडाको जवाफपछि उक्त विधयेक राष्ट्रियसभाबाट पारित भएको छ।
प्रकाशित: ४ चैत्र २०७५ ११:२९ सोमबार