काठमाडौं– चालु आवको माघ महिनासम्म ५ खर्ब १५ अर्ब ५५ करोड रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थितिका अनुसार वैदेशिक रोजगारीबाट भित्रिएको सो रकम गएको आवको सोही अवधिको तुलनामा साढे २८ प्रतिशतले बढी हो । गएको आवको सो अवधिमा चार खर्ब एक अर्ब ३५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
प्रकाशित: ३ चैत्र २०७५ १२:५२ आइतबार