अर्थ

पाँच लाख बढीको सेयर कारोबार गर्न प्यान अनिवार्य

काठमाडौं – आगामी वैशाख १ गतेदेखि पाँच लाख रुपैयाँ र सोभन्दा बढीको सेयर कारोबार गर्ने लगानीकर्ताले अनिवार्य रुपमा प्यानको दायरामा आउनुपर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले बिहीबार विज्ञप्ति जारी गर्दै तत्काललाई पाँच लाखभन्दा बढीको कारोबार गर्नेहरुलाई अनिवार्य रुपमा प्यानको दायरामा ल्याएको हो।

विभिन्न पक्षसँगको छलफल तथा सुझावका आधारमा पाँच लाखभन्दा बढीको कारोबार गर्नेलाई प्यान अनिवार्य गरिएको बोर्डको भनाइ छ। पाँच लाखभन्दा कमको कारोबार गर्नेहरुले पनि ऐच्छिक रुपमा प्यानमा आबद्ध हुन सक्ने बोर्डले जनाएको छ।

‘सरकारको बजेट कार्यान्वयन कार्ययोजनामा दोस्रो बजारमार्फत सेयर खरिद गर्दा लगानीकर्ताले स्थायी लेखा नम्बर लिएको प्रमाण पेस गर्नुपर्ने नीतिगत व्यवस्था अनुसार २०७६ वैशाख एक गतेबाट दोस्रो बजारमार्फत् सेयर खरिद गर्दा स्थायी लेखा नम्बर अनिवार्य गर्ने व्यवस्था गरिएको थियो। लगानीकर्ता तथा सम्बद्ध पक्षसँग गरिएको छलफलको सुझाव तथा निष्कर्ष एवं नेपाल सरकार अर्थ मन्त्रालयबाट प्राप्त उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकको निर्णयानुसारको निर्देशनलाई दृष्टिगत गरी २०७६ वैशाख १ गतेबाट दोस्रो बजारमा एकपटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी कारोबार गर्ने लगानीकर्तालाई स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने व्यवस्था गरिएको छ,’ बोर्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: १ चैत्र २०७५ ०७:१७ शुक्रबार

सेयर लगानीकर्ता प्यान नेपाल_धितोपत्र_बोर्ड