अर्थ

तिनाउ बैंककाे आँखा शिविर

काठमाडौं - तिनाउ विकास बैंक लिमिटेडले भलुही शाखामार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत एकदिने निःशुल्क आँखा शिविर गरेको छ । रुपन्देहीको देवदह नगरपालिका–१० भलुहीस्थित शाखा परिसरमा शिविर सञ्चालन गरेको बैंकले जनाएको छ । बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा एक सय ६८ जना महिला र ९४ जना पुरुष गरी जम्मा दुई सय ६२ जनाको आँखा परीक्षण गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । 

शिविरमा लायन्स आँखा अस्पतालका शिविर प्रमुख मनोहर न्यौपाने, नेत्र सहायक रचना पराजुली, सिएमए विनोद चौधरी र भिजन टेस्टर गंगाबहादुर बुढाले आँखा परीक्षण गरेका थिए । उक्त शिविरबाट आठजना मोतियाबिन्दु भएका अति विपन्न परिवारलाई निःशुल्क शल्यक्रियाका लागि छनोट गरी बुटवल लायन्स अस्पतालमा पठाइएको विज्ञप्तिमा उल्लेख छ ।  

 

प्रकाशित: २३ फाल्गुन २०७५ ०६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App