अर्थ

बैंक र निजी क्षेत्रबीचको सुर्कासुर्की पटक्कै चित्त बुझेन : अर्थमन्त्री

फाइल तस्बिर

काठमाडौं – ब्याजदरका विषयमा बैंक र निजीक्षेत्रबीचको सुर्कासुर्की पटक्कै चित्त बुझेको छैन,’ अर्थमन्त्री डा. युवराज खतिवडाले भने ‘हामीलाई सूड पसार्दै तपाईहरूको बीचमा पस्नु छैन। तपाईहरू दुबै निजी क्षेत्र एक–आपसमा बसेर छलफल गर्नुस् , साझा एजेन्डामा सहमति गुर्नस्। अतिवदामा नजाआं। ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा नगराैं। मौसमी फाइदा लिनतर्फ बैंकहरू पनि नलाग्नुस्।  ब्याजदर अन्तुलनमा आओस, हामी अर्थात सरकार यति चाहन्छ।’

ब्याजदर बढ्दै गएपछि सरकार गुनार्ह पुगेको निजी क्षेत्रलाई आज ‘नेपाल पूर्वाधार विकास बैंकको उद्घाटन कार्यक्रममा अर्थमन्त्री खतिवडाले राम्रो सन्देश दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ नेपाली उद्यमी व्यवसायीहरूको छाता संगठन हो।

बैंक संचालकदेखि उद्यमी व्यवसायी यी दुई संस्थाका सदस्य हुन्। महासंघको अगाडी बैकर्स संघ एउटा वस्तुगत संस्थामात्र हा । महासंघ भने आफैमा अभिभावक संस्था हो। अभिभावक संस्थाले आफ्ना सदस्यसँग बसेर छलफल गर्नुको साटो सरकारसम्म बैंकको उजुरी लिएर पुग्यो। यसले निजी व्यवसायीबीच विवादमात्रै सिर्जना गरेको छैन, छात संगठनको नेतृत्वमै प्रश्न उठेको छ। आफ्ना  सदस्यहरूसँग छलफल गरेर सहमति जानु पर्ने वातावरण छाता संगठनले गर्नुपर्ने हो।

चालु आव सुरुदेखि नै बैंकर्स र व्यवसायीबीच ब्याजदरका विषयलाई लिएर विवाद चुलिदै गएको छ। बजारमा तरलता अभाव भएपछि बढेको बैंकको ब्याज सहज भएपछि घट्ने आशमा बसेका उद्यमी व्यवसायी पछिल्लो समय ब्याजदरका विषयलाई लिएर आन्दोलमा उत्रिए। चालु आव लागेयता पहिलो त्रैमासपछि ब्याजदर घट्ने बैकर्सहरूले बताएका थिए। तर, बैंकहरूले लगानी योग्य पुँजी अभाव भएको भन्दै कर्जाको ब्याजदर घटाउनुको सट्टा बढाउँदै लगे । दोस्रो त्रैमास सकिदा समेत ब्याजदर घटेन। त्यसपछि बैकर्सहरूले ब्याजदर नघाएको र बढ्दो ब्याजदरका कारण उद्यम व्यवसाय गर्न गाह्रो भएको भन्दै सरकार गुहार्न पुगेका थिए।

प्रकाशित: २२ फाल्गुन २०७५ ०७:१५ बुधबार

बैंक निजी_क्षेत्र सुर्कासुर्की अर्थमन्त्री