अर्थ

५० रुपैयाँ दरका नोट फ्रान्समा छापिने

काठमाडौं – ५० रुपैयाँ दरका नयाँ नोट फ्रान्समा छापिने भएको छ। नेपाल राष्ट्र बैंकले उक्त दरका २३ करोड प्रति नोट छाप्ने जिम्मा फ्रान्सको ओवर्थर फिडिक्युरलाई दिएको छ। राष्ट्र बैंकले नोटको डिजाइन, छाप्ने र आपूर्तिको जिम्मासमेत उक्त कम्पनीलाई दिएको हो।

ओवर्थरले ४७ लाख ७२ हजार ५०० युरोमा ११ अर्ब ५० करोड रुपैयाँ बराबरको ५० रुपैयाँ दरका नोट छाप्ने जिम्मा पाएको राष्ट्र बैंकको भनाइ छ। केन्द्रीय बैंकले यसअघि उक्त नोटको डिजाइन, छपाइ र आपूर्तिको समेत काम गर्न ग्लोबल टेन्डर आह्वान गरेको थियो। सबैभन्दा कम दर प्रस्ताव गरेकाले ओवर्थरलाई नोट छाप्ने जिम्मा दिएको राष्ट्र बैंकको भनाइ छ। एक प्रति ५० को नोट छाप्न दुई रुपैयाँ ७० पैसा लागत लाग्ने अनुमान गरिएको छ।

 

प्रकाशित: २२ फाल्गुन २०७५ ०३:०२ बुधबार

नेपाली_नाेट फ्रान्स नेपाल_राष्ट्र_बैंक