अर्थ

कैलाशको सहयोग

काठमाडौं – कैलाश विकास बैंकले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. १०, घान्द्रुकस्थित श्री मेश्रम बराह माध्यमिक विद्यालयलाई दुई थान कम्प्युटर र एक थान फोटोकपी मेसिन सहयोग गरेको छ। 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ती सामग्री दिएको जनाएको छ। यसबाट उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने बैंकले जनाएको छ।  

शिक्षक, विद्यार्थी तथा अभिवावकको उपस्थिति रहेको एक कार्यक्रममा बैंकका बुद्धिराज बरालले सूचना प्रविधिको युगमा कम्प्युटर र फोटोकपी मेसिनले विद्यार्थीलाई पठनपाठनमा सहयोग मिल्ने तथा विद्यार्थीमा सूचना प्रविधिको पहुँच पु¥याउन सहयोग पुग्ने बताएको छ।

विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष जगतबहादुर गुरुङले यस सहयोगबाट विद्यालय तथा विद्यार्थीलाई ठूलो हौसला मिलेको बताए। 

 

प्रकाशित: २२ फाल्गुन २०७५ ०२:५० बुधबार

कैलाश_विकास_बैंक विद्यालय सहयोग