अर्थ

आशाकाे सीपमूलक तालिम

काठमाडौं – आशा लघुवित्तले सीपमूलक तालिम सञ्चालन गरेको छ। वित्तीय संस्थाले शनिबार र आइतबार तालिम सञ्चालन गरेको हो। संस्थाको सर्लाही नयाँ रोडमा आबद्ध ६० जना महिला सदस्यलाई निःशुल्क रुपमा लुगा धुने सर्फ बनाउने तालिम प्रदान गरेको हो।

तालिमको उद्घाटन शाखा प्रमुख महेश कोइरालाले गरेका थिए। तालिमबाट सहभागीले कम लागतमा सर्फ उत्पादन गर्ने तरिका, बजारीकरण लगायत विषयमा जानकारी लिएको जारी विज्ञप्तिमा उल्लेख छ। नेपाल राष्ट्र बैंकबाट घ वर्गको वित्तीय संस्थाको रुपमा स्वीकृति प्राप्त आशा वित्तीय संस्थाले ककनी ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भदौ १५ गतेबाट कारोबार सुरु गरेको हो। अहिले २८ जिल्लामा ४५ शाखा कार्यायलबाट सेवा दिइरहेको संस्थाले जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०७५ ०२:५९ सोमबार

आशा_लघुवित्त सीपमूलक_तालिम सञ्चालन