अर्थ

आजदेखि सोलार टुडे एक्स्पो

काठमाडौं – स्टार एक्जिबिसन्सले आजदेखि काठमाडौंको भृकुटीमण्डमा सोलार टुडे एक्स्पो– एलइडी एक्स्पो एन्ड ब्याट्री एक्स्पो २०१९ आयोजना गर्ने भएको छ। एक्स्पो शनिबारसम्म चल्नेछ।

उक्त एक्स्पो सोलार, एलइडी र ब्याट्री, प्रविधि, नविनता र उद्योगलाई आवश्यक पर्ने सबै इको–सिस्टममा केन्द्रित रहेको कम्पनीको भनाइ छ।

नेपालमा सोलार, एलइडी र ब्याट्री उद्योगको बजार तीव्र गतिमा बढिरहेको परिप्रेक्ष्यमा स्टार एक्जिबिसन्सले सोलार, एलइडी र ब्याट्री उत्पादन, नविन  प्रविधि र उत्पादकका सेवाको प्रदर्शन गर्ने अवसर प्रदान गर्न एक्स्पो आयोजना गरेको जनाएको छ। प्रदर्शनीले व्यापारिक अवसर प्रदान गर्नुका साथै भारत र अन्य मुलुकबाट आउने बिक्रेता र नेपाली क्रेताबीच भेटघाटको मौका उपलब्ध गराउने जनाएको छ। 

नेपालको ऊर्जा क्षेत्रलाई माथि उठाउने भारतीय प्रधानमन्त्रीको अवधारणालाई सहयोग पुर्‍याउन प्रदर्शनी आयोजना गरिएको स्टार एक्जिबिसन्सले जनाएको छ।

 

प्रकाशित: १६ फाल्गुन २०७५ ०५:५२ बिहीबार

भृकुटीमण्ड सोलार_टुडे एक्स्पो