अर्थ

औद्योगिक मेलामा रिद्धि सिद्धि सिमेन्टको निःशुल्क बस

काठमाडौं – मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको राष्ट्रिय औद्योगिक व्यापार मेलामा रिद्धि सिद्धि सिमेन्ट उद्योगले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। मेला हेर्न आउने अवलोकनकर्तालाई हेटौंडा बजारबाट मेला स्थल हेटौंडा ५ क्याम्पा डाँडासम्म निःशुल्क बस सेवा सञ्चालन गरिने कम्पनीले जनाएको छ। 

रिद्धि सिद्धिले हेटौंडाको विभिन्न स्थानबाट तीन वटा निःशुल्क बस सेवा सञ्चालन गरी दैनिक दुई हजार जनालाई प्रत्यक्ष सेवा दिने लक्ष्य राखेको छ। फागुन १६ गतेदेखि सुरु हुने मेलामा करिब पाँच लाख अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ।

 

प्रकाशित: १५ फाल्गुन २०७५ ०२:३२ बुधबार

मकवानपुर उद्योग_वाणिज्य_संघ व्यापार_मेला