अर्थ

नेपाल बैंकले कर्जाको ब्याजदर घटायो

काठमाडौं – नेपाल बैंक लिमिटेडले कर्जाको ब्याजदर घटाएको छ।

उद्यमी व्यवसायीको माग संबोधन गर्ने क्रममा सबै प्रकारका कर्जाको ब्याजदर १.४६ प्रतिशतले घटाएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसबाट मुलुकका उद्यम व्यवसायको पुँजी लागत घटेर प्रतिस्पर्धी क्षमता बढ्ने तथा समग्र अर्थतन्त्र लाभान्वित हुने बैंकको अपेक्षा छ।

 

प्रकाशित: १५ फाल्गुन २०७५ ०२:१७ बुधबार

नेपाल_बैंक_लिमिटेड कर्जा ब्याजदर