अर्थ

सोमबार उकालो लागेको सेयर बजार आज राताम्मे

काठमाडौं- सोमबार उकालो लागको नेप्से परिसूचक मंगलबार राताम्मे भएको छ। मंगलबार दिउँसो १२.३० बजेसम्म फाइनान्स कम्पनी वाहेक  सबै समूहको नेप्से परिसूचक घटेको छ। सोमबार अन्य सबै समूहको नेप्से परिसूचक बढेको थियो।

मंगलबार भने अन्य समूहको नेप्से परिसूचक आरोलो लागेको छ भने अन्य समूहको घटेको छ। आइतबार सो अवधिसम्म नेप्से  परिसूचक ११०३.८२ अंकमा पुगेको छ। मंगलबार सेयर कारोबार भएको डेढ घण्टासम्म शून्य दशमलव ५३ प्रतिशतले घटेको छ।  यो अवधिसम्म सोमबारको भन्दा ५.९१ अंकले घटेको छ।

प्रकाशित: १४ फाल्गुन २०७५ ०७:०५ मंगलबार

सेयर सेयर_बजार नेप्से