अर्थ

कञ्चन विद्या मन्दिरमा कृषि बैंकको काउन्टर

काठमाडौं – कञ्चनपुर जिल्लाको कञ्चन विद्या मन्दिर सामुदायिक कलेजमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र विद्यालयका अध्यक्षले उक्त काउन्टर उद्घाटन गरेको बैंकले जनाएको छ। 

बैंकको क्षेत्रीय कार्यालय, धनगढीका निर्देशक हरिश्चन्द्र यादवको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो।  उद्घाटनमा विद्यालयका विद्यार्थी, सेवाग्राही र सर्वसाधारणको पनि व्यापक उपस्थिति रहेको बैंकले जनाएको छ।

 

प्रकाशित: १४ फाल्गुन २०७५ ०२:४४ मंगलबार

कञ्चनपुर कञ्चन_विद्या_मन्दिर_सामुदायिक_कलेज कृषि_विकास_बैंक एक्सटेन्सन_काउन्टर