अर्थ

बाल्ट्राका स्मार्ट टेलिभिजन

काठमाडौं – इलेक्ट्रोनिक उत्पादन ब्रान्ड बाल्ट्राले विभिन्न रेन्जका स्मार्ट फोरके युएचडी टेलिलभिजन बजारमा ल्याएको छ।

५५ र ५० इन्चमा उपलब्ध ती टेलिभिजनमा फोरके युएचडी सिनेमा डिस्प्ले, अल्ट्रा स्लिम बडी, वाइड स्क्रिन, हाई रिजोलुसन, हाई क्लारिटी, मिरा स्क्रिन, एचडिएमआई जस्ता ‘सर्वोत्कृष्ट विशेषताहरु’ रहेको कम्पनीले जनाएको छ। 
बाल्ट्राले बजारमा ५५ र ५० इन्चका स्मार्ट टेलिभिजन र ४० इन्चका विभिन्न एफएचडी स्मार्ट टेलिभिजन पनि बिक्री–वितरण गरिरहेको जनाएको छ।

‘नविनतम प्रविधिमा उत्पादित बजेट सुहाउँदा बाल्ट्राका टेलिभिजन’को गुणस्तर उत्कृष्ट रहेको र दुई वर्षको पूर्ण वारेन्टी पाइने कम्पनीले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।

 

प्रकाशित: १४ फाल्गुन २०७५ ०२:१६ मंगलबार

बाल्ट्रा स्मार्ट_टेलिभिजन बजार