अर्थ

अडानको पाँचौं महाधिवेशन जेठमा

काठमाडौं – लेखापरीक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एसोसिएसन (अडान)को पाँचौं राष्ट्रिय महाधिवेशन आगामी जेठ १७ र १८ गते काठमाडौंमा हुने भएको छ। 

जिल्ला अधिवेशन वैशाख १५ सम्म र प्रदेश अधिवेशन वैशाख मसान्तभित्र सम्पन्न गरी केन्द्रीय अधिवेशन जेठमा गर्ने एसोसिएसनले जनाएको छ। संवैधानिक व्यवस्था अनुसार लेखापरीक्षकलाई प्रत्यक्ष प्रभाव पार्ने ऐन, नियमावली, निर्देशिकामा चनाखो भई सक्रियतापूर्वक सहभागिता जनाउन संस्थाले सबैलाई अपिल गरेको छ।

 

प्रकाशित: १३ फाल्गुन २०७५ ०२:१३ सोमबार

अडान महाधिवेशन जेठ