अर्थ

माघसम्म २६ खर्ब ७१ अर्ब निक्षेप, २३ खर्ब ८९ अर्ब कर्जा

फाइल फाेटाे

काठमाडौं – चालु आर्थिक वर्षको ७ महिना वाणिज्य बैंकहरूले २६ अर्ब ७१ अर्ब निक्षेप संकलन गरी २३ खर्ब ७९ अर्ब कर्जा प्रवाह गरेका छन्। 

बैंकहरूले निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढी गर्दा समस्या आइरहेको बेला माघमा पनि निक्षेप संकलनको तुलनामा दोब्बर कर्जा प्रवाह भएको छ। वाणिज्य बैंकहरूले माघ महिनामा २१ अर्ब निक्षेप संकलन गरी ४५ अर्ब कर्जा लगानी गरेका छन्। 

पुस महिनामा वाणिज्य बैंकले ३० अर्ब निक्षेप संकलन गरी ३० अर्ब नै कर्जा प्रवाह गरेको थियो। पुसमा गरिएको कर्जा प्रवाहले कर्जा, निक्षेप र कोर पुँजी अनुपात (सीसीडी रेसियो) सन्तुलनमा संयम भए पनि माघमा बैंकहरूले आक्रामक रुपमा कर्जा प्रवाह गरेका छन्।

प्रकाशित: ९ फाल्गुन २०७५ ०७:४५ बिहीबार

वाणिज्य_बैंक निक्षेप कर्जा