अर्थ

एपी ब्रान्डका क्यानेडियन फुटवेयर एन्ड एसोसेरिज नेपालमा

काठमाडौं – आरपी ग्रुपले नेपालमा एपी ब्रान्डका क्यानेडियन फुटवेयर एन्ड एसोसेरिज भित्र्याएको छ। ग्रुपले ललितपुरको जावलाखेलमा सोरुम खोलेको हो। आरपी ग्रुपले फेसनेबल कपडा, जुत्ता, ब्याग, पर्स, बेल्टलगायतका वस्तु बेच्दै आएको थियो। अबदेखि एपी ब्रान्डका फुटवेयर पनि बेच्न लागेको हो। उक्त ब्रान्ड क्यानेडियन हो।

ग्रुपका प्रबन्ध निर्देशक रुपेश पाण्डेका अनुसार एपी ब्रान्डका हरेक सामानमा एक वर्षको वारेन्टी छ। त्यसैगरी ग्रुपले २५ माघसम्म ग्राहकलाई १० प्रतिशत छुटमा सामान बेच्ने बताएको छ। ब्रान्डेड वस्तुमा युवापुस्ताको आकर्षण बढदै गइरहेका बेला सञ्चालनमा ल्याइएको अन्तर्राष्ट्रिय ब्रान्ड एपीका सामानले छोटो अवधिमै नेपाली बजारमा राम्रो उपस्थिति जनाउने ग्रुपको दाबी छ।

उच्च क्वालिटीका सामान बेच्ने उद्देश्यअनुसार अन्तर्राष्ट्रिय ब्रान्डसँग सहकार्य गरेर सामान ल्याएको उनको भनाइ छ। त्यसैगरी आगामी ६ महिनाभित्र काठमाडौंको दरबारमार्ग पूर्वको इटहरी र पश्चिमको पोखरामा सोरुम खोल्ने ग्रुपको लक्ष्य छ। ग्रुपले दामिलानो, इन्डियन टेरेन, लुइस फिलिप, डब्लु ओरेलिया, डेल जिन्स, सेलियोलगायतका अन्तर्राष्ट्रिय ब्रान्डका सोरुम हाल सञ्चालित छन्।

प्रकाशित: २० माघ २०७५ ०५:२६ आइतबार

आरपी_ग्रुप नेपाल एपी_ब्रान्ड क्यानेडियन_फुटवेयर