अर्थ

हुन्डाईले ल्यायाे नयाँ इलेक्ट्रीक गाडी

काठमाडाैं - हुन्डाईको नयाँ इलेक्ट्रीक गाडी नेपालमा सार्वजनिक गरिएको छ। नेपालको आधिकारक वितरक लक्ष्मी इन्टरनेशनल प्रालिले कोना इभी नाम गरेका नयाँ गाडी सार्वजनिक गरेको हो।

यो पहिलो पूर्ण इलेक्ट्रीक सबकम्प्याक्ट एसयूभी गाडी रहेको प्रालिले जानकारी दिएको छ। यसको डिजाइन समेत आकर्षक हुनुका साथै अत्याधुनिक प्रविधि समेत जडित रहेको प्रालिको दाबी छ। सिंगल चार्ज गर्दा यसको इलेक्ट्रीक ड्राईभिङ रेन्ज ३०० किलोमिटरभन्दा बढी रहेको बताइएको छ। यसको सुरुवाती मूल्य ५१ लाख ९६ हजार कायम गरिएको छ।

प्रकाशित: १७ माघ २०७५ १३:२५ बिहीबार

हुन्डाई इलेक्ट्रीक गाडी कोना_इभी