अर्थ

१५ प्रतिशत निर्माण सम्पन्न

अरुण ३ जलविद्युत् आयोजनाको पावरहाउस जाने बाटोका लागि सुरूङ मार्ग निर्माण गरिँदै। तस्बिर : नागरिक

विराटनगर - संखुवासभामा निर्माणाधीन  अरुण ३ जलविद्युत् आयोजनाको १५ प्रतिशत काम सम्पन्न भएको छ। बाँध, सुरुङ र विद्युत् गृह निर्माणलगायतका कामलाई  तीव्र रुपमा अघि बढाएको आयोजनाले जनाएको छ। आयोजना प्रमुख कार्यकारी अधिकृत सतिसकुमार शर्माले आयोजना निर्माणको कामलाई तीव्र पारिएका कारण हालसम्म १५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए। सन् २०१८मा निर्माण थालिएको आयोजना सन् २०२२ सम्ममा सक्ने योजना रहेको छ।

भारत सरकारको लगानीमा निर्माणाधीन आयोजनाको भौतिक निर्माणको मुख्य जिम्मेवारी भारत सरकारकै स्वामित्वको सतलज विकास निगमले लिएको छ। सतलजले बा“ध, पावरहाउस, सुरूङ मार्ग र प्रसारण लाइन निर्माणका लागि छुट्टाछुट्टै कम्पनीलाई जिम्मेवारी दिएको छ। प्रसारणलाइन बाहेकका सबै काम तीव्र रुपमा अघि बढेको आयोजनाले जनाएको छ। आयोजनाको बा“ध निर्माणका लागि संखुवासभाको मकालु गाउ“पालिकास्थित दोभानमा पूर्वाधार निर्माण धमाधम भइरहेको छ। अरुण नदिको पानी निकासीका लागि चार सय मिटर लामो सुरूङमध्ये ६५ मिटर सुरूङ निर्माण भइसकेको छ। सुरूङ निर्माणका लागि इनटेक र आउटलेट दुवैतर्फबाट काम थालिएकाले सन् २०१९ को मार्चभित्रै काम सम्पन्न हुने आयोजनाले दाबी गरेको छ।  

प्रमुख कार्यकारी अधिकृत शर्माले भने ‘दुवैतर्फबाट काम सुरू गरिएकाले आगामी मार्चभित्रै काम सम्पन्न हुन्छ।’ मार्चमा वर्षा हुने भएकाले नदि डाइभर्ट गर्न सम्भव नहुने उनले बताए। वर्षायामकै कारण नोभेम्बरमा खोला डाइभर्ट हुने शर्माले जानकारी दिए। सुरूङ मार्गबाट नदि डाइभर्ट भइसकेपछि ७० मिटर लामो बा“ध निर्माणको काम सुरू गरिने छ।

यस्तै आयोजनाको मुख्य सुरूङमार्ग निर्माणका लागि पनि पूर्वाधार निर्माणको काम थालिएको छ। बा“धबाट पावरहाउससम्म पानी लैजान मुख्य सुरूङ  निर्माणका लागि पहु“च मार्ग बनाउने काम चाहिँ सम्पन्न हुन लागेको आयोजनाले जनाएको छ। पाँच सय नौ मिटर लामो यो सुरूङ मार्गमध्ये तीन सय ५० मिटर सुरू निर्माण सम्पन्न भइसकेको छ।

दैनिक पाँच मिटरका दरले यो सुरूङ निर्माण भइरहेकाले एक महिनाभित्र निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ। पहु“च सुरूङ निर्माण भइसकेपछि मुख्य सुरूङको काम सुरू हुने छ। ड्यामदेखि पावरहाउससम्मको ११ किलोमिटर लामो सुरूङ निर्माणको काम विभिन्न चार खण्डबाट एकैपटक थाल्ने आयोजनाको तयारी छ।

पावरहाउस निर्माण सुरू
अरुण ३ जलविद्युत् आयोजनाको विद्युत् गृह निर्माणको काम सुरू भएको छ। संखुवासभाको चिचिला गाउ“पालिका–३ दिदिङमा पावरहाउस निर्माण सुरू भएको हो। भारतीय निर्माण कम्पनी पटेल इन्जिनियरिङ लिमिटेडले पावरहाउस निर्माणको काम गरिरहेको छ। पहाडभित्र (अन्डरग्राउन्ड) निर्माण हुने पावरहाउससम्म पुग्नका लागि सुरुङमार्ग निर्माण सुरु भइसकेको छ।

यस्तै पावरहाउसबाट विद्युत्को तार निकाल्नका लागि छुट्टै सुरूङ (केबल एक्सेस टनेल) निर्माणको काम पनि थालिएको छ। पावरहाउसबाट निस्किएको पानी पुनः अरुण नदिमै निकासी गर्ने सुरूङ मार्ग निर्माणको काम पनि सुरू गरिएको छ। पावरहाउससम्म पुग्नका लागि एक सय २१ मिटर लामो सुरुङ मार्ग बनेपछि मात्रै पावरहाउसको मुख्य भागसम्म पुग्न सकिने पटेल इन्जिनियरिङ लिमिटेडका इन्जिनियर सुनिल साहले बताए। साहले भने, ‘अन्डरग्राउन्ड पावरहाउस निर्माणका लागि जमिनमुनि जग्गा बनाउन एक सय २१ मिटर लामो सुरूङ निर्माण थालिएको हो।’ पावरहाउससम्म पुग्ने पहु“च मार्गका लागि सुरूङ निर्माण सम्पन्न भएपछि एक सय ८० मिटर लामो, सा“ढे २२ मिटर चौडा र ५३ मिटर अग्लो पावरहाउसका लागि जग्गा बनाउने काम थालिने छ। पावरहाउसको क्राउनमा सुरूङ मार्ग आगामी मार्चभित्र पुग्ने इन्जिनियर साहले जानकारी दिए।

देशकै ठूलो नौ सय मेघावाट क्षमताको उक्त आयोजना निर्माणका लागि एक खर्ब चार अर्ब रुपैया“ लाग्ने अनुमान गरिए पनि लागत थोरै मात्रामा बढ्न सक्ने आयोजनाले जनाएको छ। आयोजनाबाट उत्पादित विद्युत्मध्ये २१.९ प्रतिशत नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराउने दुई देशका सरकारबीच सहमति भएको छ। बा“की विद्युत् भारत सरकारले लैजाने छ।

कोसी राजमार्ग बाधक
अरुण ३ जलविद्युत् आयोजना निर्माणमा कोसी राजमार्ग बाधक देखिएको छ। आयोजना निर्माण स्थलसम्म जोड्ने कोसी राजमार्ग जीर्ण हु“दा सामान ढुवानीमा समस्या हुने गरेको छ। हिउ“दमा मालवाहक सवारी सजिलै पुगे पनि वर्षायाममा भने समस्या हुने गरेको आयोजनाले जानएको छ। जीर्ण सडक तत्काल सुधार नभए निर्धारित समयमा परियोजना सम्पन्न गर्न मुस्किल पर्ने आयोजनाका प्रमुख कार्यकारी अधिकृत शर्माको भनाइ छ। शर्माले भने, ‘कोसी राजमार्ग तत्काल सुधार नगरे निर्धारित समयमै परियोजना सम्पन्न गर्न मुस्किल पर्छ।’ शर्माका अनुसार सडकको दुर्दशाले वर्षायाममा सामान ढूवानी गर्न सकिँदैन। परियोजना स्थलमा इन्टरनेट र टेलिफोन सुविधा पनि गुणस्तरीय नहु“दा आयोजना निर्माणमा समस्या भइरहेको छ। तत्कालै गुणस्तरीय टेलिफोन र इन्टरनेटको व्यवस्था गरिदिन पनि आयोजनाले सरकारलाई आग्रह गरेको छ। कोसी राजमार्ग सुधार भए निर्धारित मितिमै आयोजना सम्पन्न हुने शर्माको दाबी छ। शर्माले भने, ‘विना अवरोध निर्माण सामग्री आयोजना स्थलसम्म पुर्‍याउन सके सन् २०२२ सम्म आयोजना निर्माण सम्पन्न हुन्छ।’

प्रकाशित: ७ माघ २०७५ ०५:२६ सोमबार

अरुण_३_जलविद्युत्_आयोजना बाँध काम