अर्थ

पाँच अर्बको रिपो जारी हुँदै

काठमाडौं - नेपाल राष्ट्र बैंकले रु पाँच अर्ब बराबरको रिपो बोलकबोलमा बिक्री गर्ने भएको छ। बैंकले शुक्रबार जारी गरेकाे सूचनामा यही माघ ६ गते बोलकबोलमार्फत एक हप्ता अवधिको लागि रिपो बिक्री गर्न लागेको जानकारी दिएकाे छ। उक्त रिपो यही माघ १३ गतेसम्मका लागि अर्थात् सात दिनका लागि मात्रै उपलब्ध गराइनेछ। बैंकले ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोल प्रक्रियामा सहभागी हुनसक्ने जनाएको छ। 

प्रकाशित: ४ माघ २०७५ १२:२४ शुक्रबार

नेपाल_राष्ट्र_बैंक रिपो