अर्थ

शेयर बजार घट्यो

काठमाडौं - धितोपत्र बजारमा बुधबार शेयरको मूल्य ओरालो लागेको छ। मङ्गलबार उच्च अङ्कले बजार वृद्धि भएको भए पनि बुधबार त्यो क्रम अगाडि बढ्न सकेन।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ७ दशमलव ५७ विन्दुले घटेर एक हजार १८७ दशमलव ९७ विन्दुमा झरेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक बुधबार दुई दशमलव ०५ विन्दुले घटेर २५१ दशमलव ५० विन्दुमा पुगेको छ। स्टकका अनुसार बुधबार कूल १६९ कम्पनीको १७ लाख ४४ हजार १८७ कित्ता शेयर रु ५३ करोड ६ लाख ५१ हजार ४३५ मूल्यमा खरीद बिक्री भयो। कारोवार भएका कूल एघार उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा वृद्धि भए भने आठ उपसमूहको शेयर भने घटेका छन्।

व्यापार एक दशमलव ८६, जलविद्युत् २२ दशमलव ८३, उत्पादन दुई दशमलव ८९ विन्दुले बढेका छन्। बैंकिङ पाँच दशमलव दुई, होटल दुई दशमलव ४४, विकास बैंक एक दशमलव ४१, फाइनान्स दुई दशमलव ३२, निर्जीवन बीमा ११२ दशमलव १८, अन्य १२ दशमलव ६१, लघुवित्त १५ दशमलव ६८ र जीवन बीमा ७३ दशमलव शून्य चार विन्दुले घटेका छन्। रासस

प्रकाशित: २ माघ २०७५ १०:०९ बुधबार

शेयर नेपाल_स्टक_एक्सचेञ्ज