अर्थ

पञ्चवर्षीय विपद व्यवस्थापन योजना बनाइँदै

विपद व्यवस्थापन तथा जलवायु उत्थानशील योजना निर्माणका लागि केपीलासगढी गाउँपालिकामा आयोजित योजना तर्जुमा बैठक। तस्बिर : दमन राई/नागरिक


खोटाङ – खोटाङको केपीलासगढी गाउँपालिकाले पञ्चवर्षीय विपद व्यवस्थापन तथा जलवायु उत्थानशील योजना निर्माणको काम थालेको छ। बाढीपहिरो, खडेरी, चट्याङ, दुर्घटना लगायत विपदका बेला जनधनको सुरक्षाका लागि उक्त योजना निर्माण थालिएको गाउँपालिकाले जनाएको छ। 

गाउँपालिकाले जनसेवा समाज नेपालद्वारा सञ्चालित सवल परियोजनाको प्राविधिक सहयोगमा पाँचवर्षे विपद व्यवस्थापन तथा जलवायु उत्थानशील योजना निर्माणको काम थालेको हो। विपद व्यवस्थापन तथा जलवायु उत्थानशील योजना निर्माणको पुर्वतयारी स्वरुप आईतबार गाउँपालिकाको बाक्सिलास्थित कार्यालयमा योजना तर्जुमा बैठक गरिएको छ। 
बाढीपहिरो, खडेरी, चट्याङ, जंगली जनावर आतंक, हावाहुरी, आगलागी, महामारी, असिना, सडक दुर्घटना, रोक किरा, भूकम्प लगायत प्रकोपको बिना क्षति सामना गर्नेगरी विपद व्यवस्थापन तथा जलवायु उत्थानशील योजना निर्माणको काम थालिएको हो। 

प्रकाशित: १ माघ २०७५ ०६:०४ मंगलबार

विपद_व्यवस्थापन केपीलासगढी_गाउँपालिका योजना