अर्थ

नेपाल इन्भेष्टमेण्ट बैंकले सबै प्रदेशमा प्रादेशिक कार्यालय खाेल्याे

काठमाडाैं – नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले सात वटै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ। स्थानीय स्तरबाटै सहज र सरल तवरले कामगर्न सजिलो होस भन्ने हेतुले प्रादेशिक कार्यालय स्थापना गरिएको बैंकले जनाएको छ।

प्रादेशिक कार्यालय स्थापना गर्ने क्रममा प्रदेश नं.१ को विराटनगर, प्रदेश नं.२ कोे वीरगञ्ज, प्रदेश नं.३ को नारायणचौर(नक्साल) मा प्रादेशिक कार्यालय तोकिएकाे छ। त्यसैगरी गण्डकी प्रदेशको पोखरा, प्रदेश नं. ५  काे भैरहवा, कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा र प्रदेश नं.७ का लागि धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरिएको बैंकद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले काठमाडाैं उपत्यकाभित्र २३ तथा उपत्यका बाहिर ५५ गरी जम्मा ७८ वटा शाखा कार्यालयमार्फत सेवा दिइरहेको छ। साथै ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४७ वटा शाखारहित बैंकिङ सेवा तथा १०९ वटा एटिएमबाट बैंकले वित्तिय सेवा प्रवाह गरिरहेको छ। 

 

प्रकाशित: ३० पुस २०७५ ०९:४४ सोमबार

नेपाल_इन्भेष्टमेण्ट_बैंक प्रादेशिक_कार्यालय