अर्थ

प्रभु बैंककाे मास्टरकार्ड सेवा सुरु

काठमाडाैं - प्रभु बैंक लिमिटेडले पीबीएल मास्टरकार्ड सञ्चालनमा ल्याएको छ। बैंकले नयाँ वर्षको अवसरमा मास्टरकार्ड सञ्चालनमा ल्याएको हो। विहिबार एक कार्यक्रमको आयोजना गरि बैंकले औपचारिक रुपमा सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको हो।

यस कार्डबाट प्रभु बैंकका ग्राहकहरुले सुरक्षित र सरल तरिकाबाट बैंकिङ्ग कारोबार गर्न सक्ने बताइएको छ। सो अवसरमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचनले प्रभु बैंकले मास्टरकार्डसँगको साझेदारीमा यो कार्ड सेवा सञ्चालनमा ल्याएको तथा यस कार्डबाट प्रभु बैंकका ग्राहकहरुले सुरक्षित र सरल तरिकाबाट बैंकिङ्ग कारोबार गर्न सक्ने बताए।

 

प्रकाशित: २७ पुस २०७५ ११:०९ शुक्रबार

प्रभु_बैंक मास्टरकार्ड