अर्थ

माघमा हिमालयन हाइड्रो एक्स्पो

काठमाडौं - हिमालयन हाइड्रो एक्स्पो माघ ४ देखि ६ गतेसम्म हुने भएको छ। उक्त एक्स्पोमा आउने पाहुनालाई हेलिकप्टरबाट जलविद्युत् आयोजना निर्माणस्थलको अवलोकन गराउने आयोजकको योजना छ। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा उक्त एक्स्पो गर्न लागेका हुन्। यसअघि पनि यस्तै एक्स्पोको आयोजना गरिएको थियो।

नेपालमा दोस्रोपटक हुन लागेको एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजकको भनाइ छ। नेपालमा जलविद्युत् आयोजनाको सम्भावनाबारे विश्वलाई जानकारी गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो। एक्स्पोमा सहभागी हुन ८५ भन्दा बढी प्रदर्शकले सयभन्दा बढी स्टल बुकिङ गरिसकेको इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले जानकारी दिए।
राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आगामी माघ ४ गते बिहान ११ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले एक्स्पो उद्घाटन गर्ने छन्। जलविद्युत् क्षेत्रको महत्वपूर्ण तथा ठूलो मानिएको यो एक्स्पोमा एक लाखभन्दा बढी अवलोकनकर्ताको उपस्थिति रहने अनुमान गरिएको छ। एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गर्नेछ।

एक्स्पोमा जलविद्युत् प्रवद्र्धक, इक्विपमेन्ट सप्लायर्स, लगानीकर्ता, बैंक तथा बिमा लगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहने एक्स्पो एन्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेज प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले जानकारी दिए। जलविद्युत्का क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यका साथ आयोजना हुने एक्स्पोलाई राष्ट्रिय योजना आयोग र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले संरक्षकत्व प्रदान गरेका छन्। साथै, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसायी महासंघ, नेपाल बैंकर्स संघ, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड तथा युथ कम्युनिटी फर नेप्लिज कन्ट्र्याक्टर्सले एक्स्पोलाई अनुमोदन गरेका छन्।

नेपाल इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, युरोपियन इकोनोमिक चेम्बर, हाइड्रो निड्स प्रालि, काठमाडौं युनिभर्सिटी, टनेलिङ एसोसिएसन अफ नेपाल, इनर्जी नेपाल म्यागेजिन, टनेलिङ प्रोसेस इन्नोभेसन इन नेपाल, लिटिल स्टार रेकर्डस, बी फोरेस प्रालि, एक्जिबिसन लाइट हाउस, एस इभेन्ट एन्ड मार्केटिङ, एबिबी इन्डिया लिमिटेड, नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी, भ्यापटेक बुल्गेरिया तथा चङक्विङ वाटर एन्ड टर्बाइन वक्र्स कम्पनी लिमिटेड एक्स्पोका मार्केटिङ पार्टनर रहेका छन्।

निजी क्षेत्रसँग सक्रिय रुपमा सहकार्य गर्दै आएको विश्व बैंक समूह अन्तर्गतको इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी) ले सह–प्रायोजन गरेको छ । एसियन पेन्ट्स, रेस्ट्रोलोजी, होटल हिमालय, भायनेट, प्रिमियर इन्स्योरेन्स र नेपाल सिपिङ एन्ड एयर लजिस्टिक प्रालि एक्स्पोको अफिसियल पार्टनर छन्। चीन, भारत, अस्ट्रिया, कोरीया, स्विडेन, जर्मनी, बुल्गेरिया, बेलायत लगायत मुलुकका जलविद्युत् क्षेत्रसँग सम्बन्धित कम्पनीहरु एक्स्पोमा सहभागी हुँदैछन्। जलविद्युत आयोजना निर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धित कम्पनीहरुको एक्स्पोमा धेरै सहभागिता हुने भएको छ। आधुनिक सोलार प्रणाली, विद्युतीय सवारी साधन, हाइड्रोमेकानिकलका साथै आधुनिक निर्माण उपकरण, टनेलिङ उपकरणका क्षेत्रमा प्रख्यात भोइथ, इपिरोक माइनिङ इन्डिया, वासरक्राफ्ट, एपिई पावर, जिइपिपिइआरटी हाइड्रोपावर, तोसिबा कर्पोरेसन, डिइसी डङफेङ इलेक्ट्रिक मेसिनरी, जेसिबी, हुन्डाई लगायतका प्रदर्शक आकर्षणका रुपमा रहने छन्।

यसका अलावा विद्युत् उत्पादक तथा सम्बद्ध पक्षको जमघट, जानकारी सम्प्रेषण, विषयगत प्रविधिक सेमिनार, कलेजस्तरीय हाइड्रो प्रोडक्ट एन्ड सर्भिस प्रतिस्पर्धाका साथै रोबो हाइड्रो प्रतिस्पर्धा र जलविद्युत् क्षेत्रका पछिल्ला प्रविधिको प्रदर्शनी एक्स्पोका मुख्य विधागत क्षेत्र छन्।
एक्स्पोमा सहभागि भएर जलविद्युत् आयोजना अवलोकन गर्न चाहनेलाई हेलिकप्टरमार्फत दोर्दी करिडोर, माथिल्लो मस्र्याङ्दी, सोलु करिडोर लगायत स्थानमा निर्माणधीन जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गर्ने व्यवस्था मिलाइएको इप्पानका महासचिव आशिष गर्गले बताए। ‘ती क्षेत्रका जलविद्युत् आयोजना अवलोकन गर्न चाहने व्यक्तिले ४० हजार रुपैयाँ बुझाउनु पर्नेछ,’ उनले भने, ‘दुई घन्टामा दोर्दी करिडोर, माथिल्लो मस्र्याङ्दी, सोलु करिडोर लगायत स्थानमा निर्माणाधीन जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गर्न सकिने छ।’ यो अभियानका साथै समग्र एक्स्पोले हाइड्रो टुरिजममा नेपाललाई विश्व बजारमा चिनाउन पनि महŒवपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।  

पहिलो संस्करणको हाइड्रो एक्स्पोबाट प्राप्त सुझावका आधारमा यसपटक एक्स्पो अवधिमा हाइड्रोपावरका मुख्य विषयमा दैनिक तीनवटा सेमिनार आयोजना गरिनुका साथै स्वदेशी लगानीको परिचालन, विदेशी मुद्रामा हुने कारोबारका जोखिम, नवीकरणीय ऊर्जा, वातावरणीय तथा सामाजिक व्यवस्थापन, जलविद्युत् क्षेत्रका नयाँ आयाम लगायत विषयमा सरोकारवालाका साथै अवलोकनकर्तासँग छलफल तथा अन्तक्र्रिया गरिनेछ। एक्स्पोमा हाइड्रो म्यापको डेस्कटप भर्सन पनि सार्वजनिक गरिँदैछ। इप्पान, नीति फाउन्डेसन तथा दक्षिण एसिया फाउन्डेसनको संयुक्त पहलमा तयार गरिएको हाइड्रोे म्याप जलविद्युत् क्षेत्रको तथ्यांक राख्ने आधुनिक माध्यम हुनेछ। एक्स्पोले सोलार पिभी सिस्टम,  बी इन्ड इनर्जी लगायत नवीकरणीय ऊर्जाको सम्भाव्यता पहिचान गरी अघि बढ्न समेत विशेष पहल गर्नेछ।

युवा पुस्तालाई लक्षित गरी हाइड्रोपावर क्षेत्रमा अभिरुचि भएकालाई प्रोत्साहित गर्न हाइड्रोसम्बन्धी विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना पनि गरिने छ। हाइड्रोपावरसम्बन्धी उत्पादन र सेवाको विकासमा प्रतिस्पर्धा गराइ विद्यार्थी र नयाँ आविस्कार गर्नेमध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कार समेत प्रदान गरिने आयोजकको भनाइ छ। यसैगरी, एक्स्पोमा रोबोटिक प्रतियोगिता गराई विजेतालाई पनि पुरस्कृत गरिनेछ। जलविद्युत् उत्पादनको गति तीव्र भइरहेका बेला आयोजना निर्माणमा महŒवपूर्ण योगदान दिँदै मुलुकलाई जलविद्युत्मा आत्मनिर्भर मात्र नभई निर्यात गर्ने लक्ष्यमा अघि बढ्न एक्स्पोले टेवा पुर्‍याउने विश्वास लिइएको इप्पानका अध्यक्ष गुरागाईंले जानकारी दिए।

प्रकाशित: २७ पुस २०७५ ०४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App