अर्थ

जहाँसुकैबाट कन्ट्रोल गर्न सकिने एलजीको वासिङ मेसिन

एलजीको सिनियर एक्जेक्युटिभ धिरेन्द्रबहादुर सिंह वासिङ मेसिनको विशेषता जानकारी गराउँदै।  तस्बिर : अर्जुन तामाङ/नागरिक

काठमाडौं - सामान्यतया लुगा धुन शनिबार पर्खिनुपर्छ। शनिबार बिदाकै दिन लुगा धुने परम्परा अझै हराएको छैन। लुगा धुन नभ्याउनेले पारिश्रमिक दिएर वा ड्राई क्लिनरमा धुन लगाउँछन्। सक्नेले विभिन्न ब्रान्डका वासिङ मेसिन खरिद गरेर लुगा धुने गरेका छन्। तर, यसका लागि समय मिलाउनुपर्ने बाध्यात्मक अवस्था छ। साथै, सोचे जस्तो र भने जस्तो लुगा सफा नहुँदा उपभोक्ता सन्तुष्ट छैनन्। 

पछिल्लो समय बहुराष्ट्रिय कम्पनी एलजीले यी सबै झन्झट हटाउने गरी नयाँ वासिङ मेसिन बजारमा ल्याएको छ। तपाईं जति नै ब्यस्त भए पनि मोबाइलको वाइफाई प्रयोग गरेर वासिङ मेसिनमा लुगा धुन सकिने भएको छ। यतिमात्रै होइन कार्यालयबाट सिधै घरको वासिङ मेसिन कन्ट्रोल गर्न सक्ने सुविधा एलजीले ल्याएको छ।  ‘मोबाइल सबैसँग हुन्छ। इन्टरनेटबाट एलजी लन्ड्री एप डाउनलोड गरेर घरको वासिङ मेसिन र मोबाइलबीच कनेक्ट गर्नुपर्छ,’ एलजीको मार्केटिङ प्रमुख पुरुषोत्तम भण्डारीले भने, ‘मोबाइलमा कनेक्ट भएपछि तापक्रम कन्ट्रोल, स्पिन र आरपिएम कन्ट्रोल गर्न सकिन्छ।’

एलजीले स्मार्ट थिङ कन्सेप्टबाट उक्त वासिङ मेसिन बजारमा ल्याएको हो। भण्डारीका अनुसार नयाँ वासिङ मेसिन ६ केजीदेखि २४ केजीसम्मको रहेको छ।  ६ केजीको वासिङ मेसिनको मूल्य ६० हजार रुपैयाँ पर्छ । २४ केजीको  चार लाख ५० हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। एलजीको वासिङ मेसिनले ५० प्रतिशत नेपाली बजार ओगटेको भण्डारीको दाबी छ। 

एलजीको सिनियर एक्जेक्युटिभ धिरेन्द्रबहादुर सिंहले नयाँ मोडलका वासिङ मेसिन नेपाली बजारकै नमुना रहेको दाबी गरे। एजलीको नयाँ वासिङ मेसिनमा खिया नलाग्ने, मोटरमा १० वर्षे वारेन्टी र एक वर्षको सर्भिस वारेन्टी छ। मेसिनको फिजिकल बाहेक अन्य ड्यामेज भए एक वर्ष मेन्टिनेन्स हुने सिंहको भनाइ छ।  मेसिनमा टर्बो वाससमेत छ। यो अहिलेसम्मकै नयाँ प्रविधि हो। ‘निट एन्ड फास्ट क्लिन’ टर्बो वासको विशेषता हो। सिंहका अनुसार टर्वोले ५९ मिनेटमा एउटा साइकल सक्छ। यसबाट पानीको खपत कम हुने र हातले धोएभन्दा लुगा सफा हुने कम्पनीको दाबी छ। 

यसमा एलर्जी केयर र बेबी स्ट्रिम केयर गरी दुई प्रकार छ। एलर्जी केयर मेसिनले एलर्जी फ्री गराउँछ। यसमा साबुन र सर्फ प्रयोग गरिएको हुँदैन।  नयाँ वासिङ मेसिनमा ‘एड आइटम’ समेत थपिएको छ। यसमा कपडा झिक्ने र थप्न सकिने सुविधा छ। यो फिचर ३० मिनेटको हुनेछ। 

‘वासिङ मेसिनमा तीनदेखि १९ घन्टाको बीचमा समय व्यवस्थापन गर्न सकिने छ। टाइम सेट गरिएमा अटोमेटिक मोबाइलको वाइफाईबाट अन र अफ गर्न सकिन्छ,’ नागरिकसँग सिंहले भने, ‘अचानक बत्ती गयो भने जुन स्टेपमा लुगा छ, सोही स्टेपमा बस्छ र बत्ती आएपछि सोही स्टेपबाट सुरु हुन्छ।’

उनका अनुसार जति टाढा भए पनि मोबाइलको वाइफाई र घरको मेसिनको वाइफाई कनेक्ट भएपछि तापक्रम कन्ट्रोल गर्न सकिन्छ। ‘उपभोक्ताको लागि यो एउटा उपहार हो,’ उनले भने। नयाँ मेसिनले तीन सय ५० वाट विद्युत् खपत गर्छ। यस्तै, तातो पानीमा १६ सय वाट र सामान्य पानीमा एक हजार वाट बिजुली खपत गर्छ।  

इको हाइड्रो एलजीको नयाँ फिचर हो। मेसिनमा ‘चाइल्ड लक सिस्टम’ छ। अर्को विशेषता भनेको प्री वास र मेन वास भएको एलजीका अधिकारी बताउँछन्। एलजीको नयाँ वासिङ मेसिन शून्य क्यासमा पनि उपभोक्ताले खरिद गर्न सक्ने सिंहले बताए। ग्लोबल आइएमई र नबिल बैंकको क्रेडिट कार्डबाट कोटेसनमा एलजीको वासिङ मेसिन खरिद गर्न सकिने उनको भनाइ छ। 

 

प्रकाशित: २६ पुस २०७५ ०४:०९ बिहीबार

एलजी वासिङ_मेसिन लुगा कन्ट्रोल