अर्थ

तीनै तहका सरकारसँग सहकार्य गर्न निजी क्षेत्र तयार छ : ढकाल

काठमाडौं– आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय विकासका लागि नेपालको निजी क्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।

सिन्धुली उद्योग वाणिज्य संघको आयोजनामा सिन्धुलीमाढीमा पुस १३ गतेदेखि शुरु भएको प्रादेशिक महोत्सवको उद्घाटन सत्रमा  विकासका लागि मलेसियाको प्रसंग उल्लेख गर्दै ढकालले निजी क्षेत्रको सहभागिताले देशको चौतर्फी विकासमा मुख्य भूमिका खेल्ने बताए।

अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई प्रदेश नम्बर तीनका मन्त्री अरुण नेपाल, सार्क चेम्बरका उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ सदस्य चण्डीराज ढकाल, स्थानीय जनप्रतिनिधिहरू एवम् विभिन्न उद्योगी व्यवसायीले सम्बोधन गरेका थिए।

प्रकाशित: १५ पुस २०७५ १३:२१ आइतबार

चन्द्रप्रसाद_ढकाल आइएमई_ग्रुप निजी_क्षेत्र