अर्थ

उद्योगपति किसनलाल दुगडको सचित्र आत्मकथा विमोचन

काठमाडौं– औद्योगिक घराना केएल दुगड समूहका अध्यक्ष किसनलाल दुगड को ७५ औं जन्मोत्सव पारेर उनको सचित्र आत्मकथा समेटिएको 'दि रेनाशा म्यान' नामक पुस्तक विमोचन गरिएको छ। पुस्तक विमोचन पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गरेका हुन्। पुस्तकमा किसनलाल दुगडलाई जस्तोसुकै दुःखद परिस्थितीमा पनि हरेस नखाइ सकारात्मक सोचका साथ निरन्तर अगाडी बढ्ने व्यक्तीको रुपमा चित्रण गरिएको छ ।

प्रकाशित: १३ पुस २०७५ १०:५२ शुक्रबार

केएल_दुगड 'दि_रेनाशा_म्यान माधवकुमार_नेपाल