अर्थ

सेल पे सेवाले पायो राष्ट्र बैंकबाट अनुमति

काठमाडौं–भुक्तानी सेवाप्रदायक सेलकम प्रालिले सञ्चालनमा ल्याउन लागेको सेलपे सेवाले नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको छ। सेवाले यसको अनुमति गत मंगलबार प्राप्त गरेको हो।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिनेछ। सेलपे सेवा अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रणाली अनुरुप विकसित गरिएको कम्पनीले जनाएको छ। 

विभिन्न दुरसंचार सेवा, बिजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसलका भुक्तानीलगायत एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण सेवा सेल पेले उपलब्ध गराउने कम्पनीले जनाएको छ। सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिन्छ। 

 

प्रकाशित: ११ पुस २०७५ १२:३९ बुधबार

सेलकम_प्रालि नेपाल_राष्ट्र_बैंक भुक्तानी_सेवा अनुमति