अर्थ

आईएमईका विजेता घोषित

काठमाडौं – रेमिटेन्स सेवाप्रदायक कम्पनी आईएमईले यसवर्षका दसैं तिहार लगायतका चाड पर्वको अवसरमा ल्याएको प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’योजना अन्तर्गत दोस्रो महिनाको विजेता घोषणा गरेको छ । 
 अमेरिकाबाट नेपालमा आइएमईमार्पmत पैसा पठाएका बिजेन्द्र थापा सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट विजेता भएको कम्पनीले जनाएको छ। थापाले प्राप्त गरेको एक लाख रुपैयाँ रकमको चेक एक समारोहका बीच कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रुद्रराज पौडेलले विजेता बिजेन्द्रकी आमा माता चिनु माया थापा लाई हस्तान्तरण गरेका थिए।
२०७५ साल असोज ७ गतेदेखि सुरु भई मंसिर मसान्तसम्म लागू सेवाग्राहीमुखी यस योजनाअन्तर्गत अहिलेसम्म मासिक ‘लक्कीड्र’ बाट दुई जना विजेता घोषित भइसकेको कम्पनीले जनाएको छ। 

 

प्रकाशित: ११ पुस २०७५ १२:१२ बुधबार

आईएमई रुद्रराज_पौडेल दशैंमा_बीस_लाख’योजना